काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिप(डब्लुटीसी) फाइनलका लागि भारतको टिम घोषणा भएको छ ।
रोहित शर्माको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा भएको हो ।
टोलीमा अजिक्या रहाणेले टेस्ट क्रिकेटमा पुनरागमन गरेका छन् ।
डब्लुटीसीको फाइनल आगमी जुन ७ देखि जुन ११ सम्म इंग्ल्यान्डको ओभलमा आयोजना हुनेछ ।
फाइनलमा भारतले अष्ट्रेलियाको सामना गर्नेछ । भारत लिग चरणको उपविजेता र अष्ट्रेलिया विजेता हुदै फाइनलमा स्थान बनाएका हुन् ।
अष्ट्रेलियाको टोली यस अघि नै घोषणा भईसकेको छ ।
भारतको टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिक्य रहाणे, केएल राहुल, केएस भरत (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज, उमेश यादव, जयदेव उनादकट