दिल्लीद्वारा हैदराबाद पराजित

काठमाडौं । दिल्ली क्यापिटल्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) मा दोस्रो जित निकालेको छ।
दोस्रो जित निकाल्ने क्रममा दिल्लीले सनराईजर्स हैदराबादलाई पराजित गरेको हो।
घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबाद ७ रनले पराजित भएको हो।
दिल्लीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो।
हैदराबादका लागि मंयक अग्रवालले ३९ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४९ रन बनाए।
हेनरिक केल्सनले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए।
वासिंटन सुन्दरले १५ बलमा ३ चौका सहित अविजित २४ रन बनाउॅंदा राहुल त्रिपाटीले १५ रन बनाए ।
सुन्दर र केल्सनले छैटौं विकेटका लागि २८ बलमा ४१ रनको साझेदारी गरे।
दिल्लीका लागि एनरिच नोर्किया र अक्षर पटेलले समान २/२ तथा ईशान्त शर्मा र कुलदिप यादवले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
दिल्लीका लागि मनिष पान्डेले २७ बलमा २ चौकाको सहयोगमा ३४ रन बनाए । अक्षर पटेलले ३४ बलमा ४ चौकाको सहयोगमा ३४ रन बनाए ।
दिल्लीले पहिलो ओभरमा नै ओपनर फिलिप साल्टलाई गुमाएको थियो । दोस्रो विकेटका लागि कप्तान डेबिड वार्नर र मिचेल मार्शले ३८ रनको साझेदारी गरी दिल्लीलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
कप्तान वार्नरले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । मार्शले १५ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए ।
आठौं ओभरमा वासिटंन सुन्दरले ३ विकेट लिएसँगै हैदराबादले खेलमा पुनरागमन गरेको थियो । ६२ रन मा हुँदा ५ विकेट गुमाएको दिल्लीका लागि छैटौं खेलका लागि अक्षर पटेल र मनिष पान्डेले ५९ बलमा ६९ रनको साझेदारी गरे ।
हैदराबादका लागि वासिंटन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । टि नटराजनले १ विकेट आफ्नो नाममा गरे ।
सातौं खेलमा दोस्रो जित हात पारेको दिल्ली १० टोली सहभागी लिगको पुछारमा कायमै रहेको छ।
समान खेलमा पाचौं हार व्यहोरेको हैदराबाद नवौं स्थानमा यथावत रहेको छ।







-1774523438835.jpg&w=3840&q=75)




-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)