काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) मा खराब लयमा रहेको दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादलाई १ सय ४५ रनको लक्ष्य दिएको छ ।
हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
दिल्लीका लागि मनिष पान्डेले २७ बलमा २ चौकाको सहयोगमा ३४ रन बनाए । अक्षर पटेलले ३४ बलमा ४ चौकाको सहयोगमा ३४ रन बनाए ।
दिल्लीले पहिलो ओभरमा नै ओपनर फिलिप साल्टलाई गुमाएको थियो । दोस्रो विकेटका लागि कप्तान डेबिड वार्नर र मिचेल मार्शले ३८ रनको साझेदारी गरी दिल्लीलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
कप्तान वार्नरले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । मार्शले १५ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए ।
आठौं ओभरमा वासिटंन सुन्दरले ३ विकेट लिएसँगै हैदराबादले खेलमा पुनरागमन गरेको थियो । ६२ रन मा हुँदा ५ विकेट गुमाएको दिल्लीका लागि छैटौं खेलका लागि अक्षर पटेल र मनिष पान्डेले ५९ बलमा ६९ रनको साझेदारी गरे ।
हैदराबादका लागि वासिंटन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । टि नटराजनले १ विकेट आफ्नो नाममा गरे ।
अघिल्लो खेलमा लगातार पाँच हारपश्चात प्राप्त जितको लय दिल्ली कायम राख्न चाहन्छ ।
हैदराबाद भने हारको शृंखला समाप्त गर्न चाहन्छ । दिल्ली र हैदराबादबीचको पछिल्लो पाँच भेटमा दिल्ली बलियो रहेको छ ।
चार खेलमा दिल्ली र एकमा हैदराबाद विजयी भएका थिए । दिल्लीले एक खेल भने सुपर ओभरमा जितेको थियो ।