एजेन्सी । इंग्लिश क्लब आर्सनल समूह विजेता बन्दै युरोपा लिग फुटबलको अन्तिम ३२ प्रवेश गरेको छ ।
बिहिबार राति भएको समूह चरणको अन्तिम खेल क्वाराबाग एफकेलाई १ - ० गोल अन्तरले हराउँदै आर्सनल समूह 'ई' को विजेता बनेको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन एलेक्जेन्डर लाकाजेट्सले निर्णायक गोल गरे । पहिलो हाफको १६ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई ३ अंक दिलाएका हुन् ।

जितसंगै आर्सनलले ६ खेलबाट १६ अंक जोड्न सफल भयो । समूह चरणमा अपराजित आर्सनलले खेलमा जित र एक बराबरीको नतिजा निकाल्यो ।
यस समूहबाट स्पोर्टिङ सिपी उपविजेता बन्दै अन्तिम ३२ मा पुग्न सफल भयो । बिहिबार बोर्स्क्ला पोल्टाभालाई ३ - ० ले हराएको स्पोर्टिङले ६ खेलबाट १३ अंक जोड्यो ।

समान ३/३ अंक जोडेको क्वाराबाग र पोल्टाभा भने समूह चरणबाट बाहिरियो ।