• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उपाधिमा सगरमाथा र चर्च व्बाइजको दाबी
नमीन ढकाल
शुक्रबार, चैत १०, २०७९ नमीन ढकाल
उपाधिमा सगरमाथा र चर्च व्बाइजको दाबी

इटहरी । १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधिका लागि शनिबार डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब र चर्च व्बाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

इटहरी रंगशालामा शुक्रबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरे । बिपक्षी बलियो भएपनि खेलमा आफ्नो रणनीति प्रभावकारी रहने दाबी दुबै टोलीले गरे ।

सगरमाथा युथ क्लबका प्रशिक्षक याम गुरुङ डिफेन्डिङ च्याम्पियन भएपनि उपाधि जोगाउन दबाब नरहेको बताए । उनले यसअघिका खेलमा सहभागी खेलाडीहरु नै उपाधि रक्षा गर्न सक्षम रहेको बताए ।

‘उहाँहरुको कमजोरी पक्ष र सबल पक्षलाई नजिकैबाट नियालेको छु त्यही अनुसार रणनीति हुनेछ । डिफेन्स लाइन चिर्न रणनीतिहरु परिर्वतन भइहाल्छ । उहाँहरुको डिफेन्स लाइनलाई कसरी चिर्नुपर्छ भनेर नकेलाउँ,’ गुरुङले भने ।

टिममा एक जना खेलाडीमा इन्जुरी समस्या भएपनि फाइनल खेलमा रिकभर हुने उनले विश्वास व्यक्त गरे ।

नेपाली महिला यू-२० को मुख्य प्रशिक्षक समेत रहेका गुरुङलाई खेलाडी पलायन ग्रासरुट फुटबल बारे फरक प्रसंगको प्रश्नमा निराशा व्यक्त गरे ।

‘एन्फालाई नै समस्या छ । आन्तरिक राजनीतिले गर्दा ग्रासरुट चाहि जिरो नै भनेपनि हुन्छ । भबिष्यमा नेपाली राष्ट्रिय टिममा ब्याकअप चाहि राम्रो होला जस्तो देखेको छैन्,’ उनले थपे ।

चर्च व्बाइजका प्रशिक्षक प्रदिप हुमागाईले फाइनल खेल प्रतिस्पर्धात्म र रोचक हुने बताए । उनले पुर्वमा डेब्यु प्रतियोगिता भएको बताउँदै विपक्षी टोलीसंग उत्कृष्ट खेल रणनीति रहेको बताए ।

नेपाली मुलका अमेरिकी प्रशिक्षक हुमागाईले अफ्रिकन खेलाडीको कारण फाइनलसम्म पुगेको तर्कलाई अस्विकार गर्दै भने ‘ १८ जना खेलाडी नै महत्वपुर्ण हुन्छ । खेलाडी, अफिसियल र क्लबको समन्वयका कारण टिम अघि बढ्ने हो ।’

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारको खेलाडीहरु सगरमाथा युथ क्लबमा रहेका छन् । उता चर्च व्बाइज समेत यसै वर्ष ए डिभिजन लिगमा उक्लिएको हो ।

प्रशिक्षक हुमागाईलाई ए डिभिजन लिगको रणनीति र इटहरीमा अपनाइने रणनीतिको प्रश्न बारेमा भने ‘ खेलमैदान र उपलब्धी खेलाडीहरुको सम्बन्धमा जति बेला खुमलटारसंग म्याच खेलेका थियौ । त्यस बेला भन्दा खेलाडी फरक छ । यहाँको खेलमैदानमा केही फरक हुन्छ । त्यहाँ टर्फमा खेलेको हो यहाँ घाँसमा खेल्दा फरक आउँछ ।’ टिममा इन्जुरीको समस्या देखिएकाले खेलाडीहरु मैदानमा उपलब्ध नहुने बताए ।

नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक समेत रहेका हुमागाईले एन्फाले क्यालेन्डर मिलाएर केही सिमित प्रतियोगिता गरिदिए खेलाडीहरुमा इन्जुरीको समस्या कम आउने तर्क गरे । उनले प्रतियोगिता आयोजना नहुनु भन्दा मोफसलमा भएका खेलहरु प्रति सन्तुष्टी व्यक्त गरे ।

‘पूर्व आएर फुटबलको हब भएको ठाउँमा प्रशिक्षक भएर दर्शकहरुसंग रमाउन पाएका छौ । चर्चमा धेरै खेलाडी पुर्वको हुनुहुन्छ हामीलाई होम ग्राउन्ड र होम टिम भन्ने महसुस भएको छ । फेमेलीमा फुटबल खेलिरहको जस्तो महसुस भएको छ ।’

सगरमाथाका कप्तानका महेन्द्र कार्कीले भोलीको खेलमा परिचित प्रतिद्धन्द्धी भएकाले सोहार्दरुपमा खेल हुने विश्वास व्यक्त गरे । सगरमाथा युथ क्लब डिफेन्डिङ च्याम्पियन भएकाले क्लबको प्रतिष्ठाको लागि खेल्ने बताए ।

चर्च व्बाइजका कप्तान मिलन राईले समग्रमा लक्ष्य भने लिग भएको बताए । उनले फिफा क्यालेन्डरमा खाली समयमा मोफसलको प्रतियोगिता आयोजनाले लिगलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘मोफसलको प्रतियोगिता आयोजना गरिदिनुभएको छ हामीलाई लिगको खेलका लागि केही सकारात्म उर्जा लिएर लिगमा फर्कन मोफसलले सहयोग गर्छ ।’ च्याम्पियन बनेर फर्किने लक्ष्य रहेको बताए । गत संस्करणको प्रतियोगिता स्मरण गर्दै राईले भने ‘ विपक्षी टोली भन्दिन मेरो पुरानो क्लब हो गत बर्ष भोली खेल्ने टिमबाट प्रतिनिधित्व गरेको थिए ।’

उनले युथ फुटबलमा सक्रिय बनाउने सगरमाथाका टिम मेनेजर युवेन गुरुङलाई सम्झिदै फुटबलको सुन्दर पक्ष सहकार्य भएको बताए । अन्त्यमा खेल ट्रफीकै लागि हुने बताए ।

चर्च व्बाइज र खुमलटार ए डिभिजन लिगको दोश्रो चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए । जसमा खेल चर्च व्बाइजले आफ्नो पक्षमा पारेको थियो । नेपाली सगरमाथाले घरेलु फुटबलमा कडा चुनौती प्रस्तुत गर्दै आएको बुढासुब्बा गोल्डकप बिजेता एभेनियर फुटबल क्लबलाई पहिलो क्वाटरफाइनल खेलमा टाइब्रेकरमा हराउँदै सेमीफाइनल पुगेको थियो । सेमीफाइनल खेलमा लगातार २ संस्करणको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब माथि अफ्रिकी खेलाडी स्टेफेन समिर र मेसुके ओलमाउ प्रेरित जित निकाल्दै कम्तीमा ५ लाख सुरक्षित गरेको हो ।

यता घरेलु टोली राष्ट्रिय जागृतिलाई हराएको चर्च व्बाइजले सेमीफाइनलमा गत संस्करणको उपविजेता विभागीय टोली आर्मी माथि उपहार गोलबाट जित निकाल्दै अन्तिम २ प्रवेश गरेको हो । दुवै टोलीले लिगमा आफुलाई अब्बल सावित गर्न इटहरी मैदानमा उत्रनेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP