काठमाडौं। साफ महिला यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली खुला छनोट हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सूचना जारी गर्दै टोली खुला छनोटमार्फत निर्माण गरिने जानकारी दिएको हो।
साफ असार २७ गतेदेखि साउन ५ गतेसम्म बंगलादेशमा आयोजना हुने तय छ। एन्फाका अनुसार छनोटमा सहभागी हुन २०६२ पौष १७ गतेदेखि २०६५ पौष १६ गते भित्रको जन्ममिति हुनेपर्ने।
खेलाडीले जन्मदर्ताको पत्रमाण पत्र, नागरिकता वा पासर्पोट अनिवार्य साथमा हुनु पर्नेछ।