एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) समूह चरणका विभिन्न ८ खेलहरु संचालन हुँदैछ ।
च्याम्पियन्स लिगमा बुधबार साबिकको विजेता रियल मड्रिड, उपविजेता युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र वायर्न म्युनिख लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
समूह जी मा रहेको स्पेनिस क्लब रियलले सीएसकेए मस्कोसंग खेल्दैछ । रियल र मस्कोबीचको खेल नेपाली समय अनुसार राति ११ः४० मा सुरु हुनेछ । रियलको घरेलु मैदानमा हुने खेलमा उस्ले मस्कोलाई आथित्यता प्रदान गर्ने छ ।
मस्कोविरुद्धको खेल रियलका लागि औपचारिकता मात्र हुनेछ । किनकी रियल एक खेल नसकिदै नकआउट चरणमा पुगिसकेको छ । मस्कोका लागि भने यो खेल नकआउट चरण पुग्नको लागि निकै महत्वपुर्ण हुनेछ । यसै समूहको अर्को खेलमा रोमाले भिक्टोरिया प्लेजेनसंग खेल्नेछ।
यस्तै समूह 'एच' मा इटालियन क्लब युभेन्ट्सले योङ ब्वाइजसंग खेल्नेछ । योङ ब्वाइजको घरेलु मैदानमा हुने खेल राति १ः४५ बजेबाट सुरु हुनेछ । यसै समूहको अर्काे खेलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले भ्यालेन्सियासंग खेल्दैछ ।
समूह 'एफ' को म्यानचेस्टर सिटीले घरेलु मैदानमा होफेनहाइमसंग खेल्दैछ । सिटी पाँच खेल खेल्दै दश अंकसहित समूहको शिर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा लियोनले शाख्तर डोनेस्कटसंग खेल्ने छ ।
त्यस्तै समूह 'ई' को वायर्न म्युनिखले आयाक्ससंग खेल्दैछ। यसै समूहको अर्को खेलमा एथेन्ससंग बेन्फिकाको सामना गर्नेछ ।