• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन्स लिगमा अपराजित पाँच टोली, कुन कुन टोली अपराजित ?
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २५, २०७५ खेलपाटी संवाददाता
च्याम्पियन्स लिगमा अपराजित पाँच टोली,  कुन कुन टोली अपराजित ?

एजेन्सी । युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिग हो । जसको कारण च्याम्पियन्स लिगले हरेक सिजन रोमान्चकता प्रदान गर्ने गर्दछ ।

युरोपियन लिगका शीर्ष क्लबहरुले खेल्ने च्याम्पियन्स लिग सधै प्रतिस्पर्धात्मक हुने गर्दछ । च्याम्पियन्स लिग खेल्न सबै टोली सशक्त हुने गर्दछ । त्यसैले च्याम्पियन्स लिगमा बलियो मानिएको टोलीले पराजय र कमजोर मानिएको टोलीले जित निकालेको उदाहरण धेरै पाइन्छ ।

सधै झैँ यस सिजन पनि च्याम्पियन्स लिगका खेलहरु जारी छ । अब समूह चरणको अन्तिम खेलहरु बाँकी छ । समूह चरणको खेलहरु बाँकी रहदै केहि टोलीले भने नकआउट चरणमा स्थान बनाई सकेका छन् ।

यस सिजन पनि च्याम्पियन्स लिगमा अप्रत्याशित नतिजाहरु कायम आईरहेको छ । नकआउट चरणमा पुग्न केहि ठुला क्लबले जित निकाल्न संघर्ष गरिरहेका छन् । केहि साना टोलीले सहजै नकआउट चरण पार गर्ने संघारमा छन् ।

यस्तोमा यस सिजन पाँच क्लबहरु अपराजित रहेका छन् । बार्सिलोना, वायर्न म्युनिख लगायतका पाँच क्लबले अपराजित यात्रालाई कायम राखेका छन् । तीन पाँच क्लबहरु कुन कुन हो त ?

 

ओलम्पिक लियोन (फ्रान्स)

The French outfit is yet to taste defeat in the tournament

च्याम्पियन्स लिगमा अपराजित रहने पाँच टोलीमा फ्रेन्च क्लब लियोन पनि एक हो । फ्रेन्च लिगका पावरहाउस क्लबहरु पेरीस सेन्ट जर्मेन (पिएसजी), मोनाकोले उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको बेला लियोनले राम्रो छाप छोड्न सफल भएको छ ।

समूह एफ मा रहेको लियोनले पाँच खेल खेल्दै ७ अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको लियोनले चार बराबरी र एक जित निकालेको छ ।

लियोनले इंग्लिश प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई पहिलो खेलमा २ - १ गोल अन्तरले हराउँदै सुखद सुरुवात गरेको थियो । यस्तै दोस्रो खेलमा पनि लियोनले सिटीसंग २ – २ गोलको बराबरी खेलेको थियो ।

 

आयाक्स (नेदरल्याण्ड)

The Dutch giants have impressed in the tournament so far

आयाक्स नेदरल्याण्ड फुटबल ईतिहासको एक मात्र सफल क्लब हो । चार पटक च्याम्पियन्स लिग जितेको आयाक्सले यस सिजन पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिईरहेको छ ।

आयाक्स यस सिजन अपराजित रहने टोलीमा एक हो ।  अघिल्ला खेलमा बेन्फिका, वायर्न म्युनिख, एईके एथेन्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आयाक्सले आफुलाई बलियो प्रमाणित गरिरहेको छ ।

एथेन्सविरुद्ध ३–० को जित निकाल्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको आयाक्स समूह ई मा ११ अंक जोडेर दोस्रो स्थानमा छ । आयाक्सले पाँच खेलमा तीन जित र दुई बराबरी खेलेको छ ।

 

पोर्टो (पोर्चुगल)

FC Porto have also preserved their unbeaten streak in the competition

च्याम्पियन्स लिगमा हारको सामना गर्ने धेरै टोली रहेका छन् । यस सिजन लिभरपुल, इन्टर मिलान, पिएसजी, रियल मड्रिड जस्ता ठुला टोलीले हारको सामना गरेका छन् ।

तर, पोर्चुगिज क्लब पोर्टो भने यस सिजन अपराजित रहेका छन् । शाल्केसंग पहिलो खेलमा १–१ को बराबरी खेल्दै च्याम्पियन्स लिगको सुरुवात गरेको पोर्टोले यस सिजन नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

पोर्टोले पाँच खेलमा ४ जित र १ बराबरी खेल्दै १३ अंकका जोडेर समूह डीको शीर्ष स्थान कायम राखेको छ ।

वायर्न म्युनिख  (जर्मनी)

Bundesliga champions have been tearing it in the Group E

जर्मन क्लब वायर्नका लागि यस सिजन बुन्डेस लिगा फलदायी बन्न सकिरहेको छैन । बुन्डेस लिगमा सोचेको जस्तो पदर्शन गर्न नसकिरहेको वायर्नले च्याम्पियन्स लिगमा भने उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिईरहेका छन् ।

पाँच खेल सकिदा अपराजित रहेको वायर्नले समूह ई को शीर्ष स्थान कब्जा जमाएको छ । पहिलो खेलमा बेन्फिकालाई २–० ले हराएर च्याम्पियन्स लिगको सुरुवात गरेको वायर्नले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

वायर्नले पाँच खेलमा ४ जित र १ बराबरीको नतिजा निकाल्दै १३ अंक जोडेको छ । अब वायर्नले आफ्नो समूह चरणको अन्तिम खेलमा अर्को अपराजित टोली आयाक्ससंग खेल्नेछ ।

 

बार्सिलोना (स्पेन)

Barcelona have been unbeatable in the Champions League this season

च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना सधै उपाधिको दाबेदार क्लब मानिन्छ । र, यस सिजन पनि बार्सिलोनाले आफ्नो दाबेदार छविलाई कायम राखेको छ ।

स्ट्रार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने बार्सिलोना पाँच खेलमा अपराजित छ ।  डच क्लब पीएसभीलाई ४–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको बार्सिलोनाले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । पीएसभीसंगको पहिलो खेलमा कप्तान मेस्सीले ह्याट्रिक नै गरेका थिए ।

समूह बी मा रहेको बार्सिलोनाले पाँच खेलमा ४ जित र १ बराबरी खेल्दै १३ अंक जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको बार्सिलोनाले टोटेनहम, इन्टर मिलान जस्ता क्लबहरुलाई पछि पार्दै आफुलाई अब्बल साबित गरेको छ ।

-एजेन्सीको सहयोगमा 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP