• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पल्सर 'ए' डिभिजन लिग : सातौं चरण सकिदा ठुला टिमको संघर्ष
खेलपाटी संवाददाता
सोमबार, मंसिर २४, २०७५ खेलपाटी संवाददाता
पल्सर 'ए' डिभिजन लिग : सातौं चरण सकिदा ठुला टिमको संघर्ष

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको सातौं चरणका खेलहरु सोमबारबाट सकिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेलसंगै लिगको सातौं चरणको खेलहरु सकिएको हो । 

रेलिगेसन नहुने जारी 'ए' डिभिजन लिगको सातौं चरणको खेलहरु सकिदा लिगमा एक मात्र टोलीले शतप्रतिशत जित निकाल्न सफल भएको छ । त्यो, क्लब हो सिग्नेचर मनाङ मर्स्याङ्दी ।

सोमबार मछिन्द्रलाई १ - ० ले हराएसंगै मनाङले सातौं चरण सकिदा अपराजित यात्रा कायम राख्न सफल भएको हो । लगातार सात खेलमा जित निकालेको मनाङले २१ अंक जोडेको छ ।  र, अंक तालिकाको शीर्ष स्थानमा आफुलाई राखेको छ ।

लिगको सात खेलमा एक खेल गुमाएको रुस्लान थ्री स्टार १८ अंक जोडेर दोस्रो स्थानमा रहदै मनाङलाई पछ्याईरहेको छ । यस्तै एक खेल गुमाएर १८ अंक नै जोडेर सिएमजी संकटा तेस्रो स्थानमा रहेको छ ।

लिगको सातौं चरणसम्म मनाङ, थ्री स्टार र संकटाले शीर्ष स्थान कायम राखेपनि लिगमा ठुला क्लबहरुले जित निकाल्न संघर्ष गर्नु परेको छ ।  उपाधि दाबेदार क्लबले जित निकाले पनि जितका लागि साना क्लबसंग अप्रत्याशित संघर्ष गरिरहेका छन् ।

सोमबार मात्र लिग लिडर मनाङले पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्विरुद्ध जितका लागि संघर्ष गर्यो ।  हालसम्म लिगमा गोल गर्न असफल मछिन्द्रविरुद्ध मनाङले अन्तिम पाँच मिनेट बाँकी रहदा गोल गर्दै जित निकालेको थियो । खेलको ६१ मिनेटमा अन्जन विष्टले पाएको पेनाल्टीमा गोल गर्न नसकेपछि मनाङले अन्तिमसम्म जितका लागि संघर्ष गरेको थियो ।

विदेशी स्ट्राइकर आफिज ओलावालेलाई त्रिभुवन आर्मीविरुद्धको खेलअघि विश्राम गराउने निर्णय गरेको मनाङले अन्ततः ५९ मिनेटमा मैदान उतारेको थियो । अन्तत, ओलावालेकै नायकत्व भुमिकामा मनाङले महत्वपूर्ण जित निकाल्यो ।

सातौं चरण अन्तर्गत सोमबार नै आर्मी क्लबले ब्रिगेड ब्वाइजविरुद्ध जितका लागि संघर्ष गर्यो ।  ब्रिगेडविरुद्ध जित निकाल्न आक्रमक खेल पस्केको आर्मीले पहिलो हाफमै तीन पहेलो कार्ड खाएको थियो । जसको कारण आर्मीले ब्रिगेडविरुद्ध दबाब राख्न सकेन ।

डिफेन्सिभ खेल्दै काउन्टर अट्याकमा जोड दिएको ब्रिगेडविरुद्ध आर्मीले ६६ औं मिनेटमा एक मात्र गोल गर्न सक्यो । आर्मीका सन्तोष तामाङको लामो पास टेक बहादुर बुठाथोकीले सहजै मिलाएपछि टंक बस्नेतले हेडिङ गोल गर्दै आफ्नो टिमलाई महत्वपुर्ण तिन अंक दिलाए ।

ब्रिगेडविरुद्ध संघर्षपूर्ण जित निकालेपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफ्नो टिमले लिगमा सोचे अनुरुप खेल्न नसकेको बताए ।

'हामीले मोफसलमा जुन खेल खेलेको थियौ । यहाँ त्यस्तो हुन सकेको छैन । हामीले अघिल्लो बर्षको लयलाई राख्न सकेनौ,' प्रशिक्षक न्यौपानेले भने ।

प्रशिक्षक न्यौपानेले यही प्रदर्शनले उपाधि जित्ने लक्ष्यमा गार्हो हुने बताए । आर्मी १७ अंकका साथ लिगको चौथो स्थान रहेको छ ।

लिग अन्तर्गत नै अर्को उपाधि दाबेदार थ्री स्टारले जावलाखेलविरुद्ध सहज जित निकाल्न सकेन । जावलाखेललाई २ - ० ले पराजित गरेपनि थ्री स्टारले खेलमा निकै मेहेनत गर्नु परेको थियो । थ्री स्टारविरुद्ध पहिलो हाफमा जाजावलाखेलले ७ डिफेन्डर उतारेपछि थ्री स्टारले दबाब खेपेको थियो ।

यस्तै संकटाले पनि पुछारको टिम न्युरोड टिम एनआरटीविरुद्ध जित निकाल्न अन्तिम समयसम कुर्नु परेको थियो । एनआरटीविरुद्ध संकटाले अतिरिक्त समयमा म्याक्सवेलको गोलबाट जित निकालेको थियो ।

यस्तै सातौँ चरणको खेल सकिदा नेपाल पुलिस र हिमालन शेर्पाले १–१ गोलको बराबरी खेल्दा एपिएफले सरस्वतीलाई ३–० गोल अन्तरले पराजित गर्यो । लिगमा ११ अंक जोड्दै पुलिस र हिमालन शेर्पा क्रमशः पाँचौ र छैठौ स्थानमा रहेका छन् ।

यस्तै च्यासल युथ क्लबले फ्रेन्डस क्लबविरुद्ध ३–१ को जित निकालेको थियो । १० अंक जोडेको च्यासल सातौं स्थानमा रहदा  समान अंकसहित एपीएफ आठौं स्थानमा रहेका छन् ।

लिगको सातौं चरण सकिदा ६ अंक जोडेको सरस्वती नवौ र ५ अंक जोडेको फ्रेन्ड्स दशौं स्थानमा छन् ।  ४ अंक जोडेर जावलाखेल र ब्रिगेड ११ र १२ औं स्थानमा रहदा ३ अंक जोडेको मछिन्द्र १३ औं र १ अंक जोडेको एनआरटी अन्तिम स्थानमा रहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP