• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
महिला भलिबलकी 'कान्छि' उषा
खेलपाटी संवाददाता
शनिबार, फागुन १३, २०७९ खेलपाटी संवाददाता
महिला भलिबलकी 'कान्छि' उषा

काठमाडौं ।  भाग्य होस त उषा भण्डारीको जस्तो । अरू परिवारमा भए, आफ्ना छोरीछोरीले अर्कै केही बाटो रोजे हुन्थ्यो भन्ने इच्छा हुँदो हो । उषाको परिवार चाहन्थ्यो, आफ्ना छोरी खेलाडी नै होस । अहिले पनि उनीसँग बुबा गजेन्द्र भण्डारीसँग परिवारको त्यो जमात छ, जसले छोरीको खेल जीवन सफल होस भनेर दिनरात लागिरहेको हुन्छ । त्यसैले पनि उषा भन्छिन्, ‘मेरो लागि त परिवार नै सबथोक ।’

हामी कुरा गरिरहेका छौं, भलिबलको उदयमान १८ वर्षीय खेलाडी उषाको ।

सुन्दर छिन् उनी । मन्द मुस्कान गज्जब छ । उनी नेपाली महिला भलिबलमा ग्ल्यामर भित्राउन पनि उत्तिकै सक्षम छिन् । खेल क्षेत्रलाई यो चाहिन्छ पनि । परिवारमा उनी सबैभन्दा कान्छि त भइन नै, भलिबलकी पनि उनी कान्छि नै हुन् । कसैले मायाले कान्छि भन्दा मख्ख पनि पर्छिन् । हल्का पुलपुलिएर हुर्केकी थिइन्, परिवारको एउटै इच्छा थियो, आफ्ना यिनै छोरीले खेलेर देशको नाम राखोस । अब कोही खेलाडीले यो भन्दा बढी के नै चाहन्छन् र भने ?

तनहुंकी उषा पुलिसबाट खेलिन्छन् र पुलिसले पछिल्लो समय प्राप्त गरेका सफलतामा उनी एक प्रमुख खेलाडी हुन् । ओपन स्पाइकरको भूमिकामा खेल्छिन् । उचाइ रहेको छ, पाँच फिट सात इञ्च भन्दा केही बढी । ‘जम्प’ पनि गज्जब छ । एक प्रकारले अलराउन्डर पाराकी खेलाडी हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेफ स्पोर्टस अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको नाम मनोनयन गरेकोमा यसपल्ट उनी पनि परेकी छिन् ।

मनोनयनमा पर्ने अन्य खेलाडीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवान लामा रहेका छन् । जति बेला यसबारे उनले पहिलो पल्ट जानकारी पाए, घरमा आराम गरिरहेकी थिइन् । लाग्यो, सपना हो । अझै लाग्छ, यो सपना नै हो । तर उनलाई के पनि थाहा छ भने उनले सपना देखेकी पनि थिइन्, कुनै दिन यो अवार्डको मनोनयनमा पर्ने । भन्छिन्, यो होडमा नेपाली भलिबल, यसका प्रशंसक र अनि पुलिस परिवार उनको साथमा हुनेछ नै ।

सानोमा उनको रूचि अरू मै खेलमा थियो, बुबाले भलिबलमै दोहराए । बुबालाई लागेको थियो, यो खेलमा उनको भविष्य छ । नभन्दै उनी सन् २०१९ आइपुग्दा नपुग्दै राष्ट्रिय टिममा परिन । अवसर थियो, १३ औं दक्षिण एसियाली खेलकुद । उनी भर्खर १४ वर्षकी थिइन् । त्यही उमेरमा ऐतिहासिक रजत पदक जितिन् । सन् २०२१ यता त उनी राष्ट्रिय टिमकी नियमित सदस्य भएकी छिन्, नियमित मात्र होइन्, महत्वपूर्ण पनि । पुलिसलाई च्याम्पियन बनाउनको उनको योगदानबारे त कति मात्र चर्चा गर्ने।

त्यही वर्ष बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाल च्याम्पियन हु“दा त्यसकी प्रमुख सदस्य थिइन् । नेपाली महिला भलिबल वृत्तमा उनीबारे चर्चा छेडिनु पर्छ, सुन्न पाइन्छ, उनी यो खेलमा ‘लामो रेसका घोडा’ हुन । उनले अझै लामो समय खेल्न सक्छिन्, अझ उनीबाट राष्ट्रिय टिममा कुनै न कुनै दिन कप्तानको पनि अपेक्षा गर्न सकिन्छ । साँच्चै नेपाली भलिबलका लागि धेरै योगदान दिन सक्ने बाटोमा छिन्, उषा ।

माल्दिभ्समा व्यवसायिक भलिबल खेलेको पनि उनीसंग अब राम्रै अनुभव भइसकेको छ । माल्दिभ्समा उनी कति धेरै लोकप्रिय छिन् भने उनको नाम लिएर समर्थकहरू खुसीले झुम्ने गर्छन् । केही बेर उनीसंग भलाकुसारी गर्नु पर्छ, साहै मिजासिला देखिन्छिन् । उनी भन्छिन्, मन मिल्नेसंग साह्रै नजिकिने बानी पनि छ । उनी आफ्ना आमा बुबाको सबैभन्दा नजिक छन् नै, अचेल भलिबललाई आफ्नो पहिलो प्रेम पनि मान्छिन् । अब उनलाई पिपुल्स च्वाइस अवार्डमा उनलाई विजेता बनाउने काम तपाई खेल प्रेमीको हो, धेरै भन्दा धेरै मत दिएर ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP