बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

उपाधिका लागि न्यू डायमण्ड र एभरेस्ट भिड्ने 

शुक्रबार, १२ फाल्गुण २०७९खेलपाटी संवाददाता
उपाधिका लागि न्यू डायमण्ड र एभरेस्ट भिड्ने 
Classic Tech Internet Ad

काठमाडौं । आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट मावि बुटवल काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । 

अयोजक डायमण्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् ।

पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एभरेस्टले ब्राइट फ्युचर माविलाई २५–१४, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

दोस्रो सेमिफाइनलमा आयोजक डायमण्डले आफ्नै कोर्टमा धादिङ स्पोर्ट्स क्लबलाई २५–११, २५–२० र २५–२३ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । फाइनल शनिबार हुनेछ । शनिबारै तेस्रो र चौथो स्थानको लागि ब्राइट फ्युचर र धादिङबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपको विजेताले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैया प्राीत गर्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछ । 

उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछ । फागुन ९ गतेबाट शुरु भएको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad
उपाधिका लागि न्यू डायमण्ड र एभरेस्ट भिड्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

अरुणाले नवौं एनभीए च्याम्पियनसिप नखेल्ने !

Bajaj Pulsar Motorcycle Ad
रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता

टाइगर कपको पुरस्कार राशिमा वृद्धि, १४ टोलीको सहभागिता