शुक्रबार, २९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

दुर्गा र मञ्जुलाई गुरिल्ला म्याराथनको उपाधि

सोमबार, ०१ फाल्गुण २०७९खेलपाटी संवाददाता
दुर्गा र मञ्जुलाई गुरिल्ला म्याराथनको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । पाँचौ संस्करणको सानीभेरी मौराखारा गुरिल्ला म्याराथनको उपाधि दुर्गाबहादुर बुढा र मञ्जु रावतले जितेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा दुर्गा र मञ्जु विजेता बनेका हुन् । 

पुरुष तर्फको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना सहभागी थिए । दुर्गाले निर्धारित दुरी चार घण्टा ५८ मिनेटको समयमा पुरा गरे । उपाधिसँगै बुढाले एक लाख पुरस्कार प्राप्त गरे । भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटको समय सहित दोस्रो र रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटको समय सहित तेस्रो भए । दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले क्रमैसँग ७५ हजार र ४५ हजार रुपैयाँ प्राप्त गरे । 

महिलातर्फ जुम्लाकी मञ्जु रावत प्रथम भईन् । उनले निर्धारित दुरी तीन घण्टा २४ मिनेटमा पार गरिन् । खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दुरी पार गरेर दोश्रो भईन् भने जुम्लाकी राज्य लक्ष्मी रावतले तेस्रो स्थान हात पारिन् । विजेताले क्रमश ६० हजार, ४० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका थिए । 

जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकिय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आईरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार तत्कालिन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ताका माओवादी गुरिल्लाहरु हिडेको बाटोमा धावकलाई दौडाईएको हो ।

विजेता खेलाडीलाई पूर्व अर्थमन्त्री तथा माओबादी नेता जनार्दन शर्मा प्रभावकर, राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायतले पुरस्कृत गरेका थिए । म्याराथनको पाँचौं संस्करणको लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख र गाउँपालिकाको आठ लाख रुपियाँ सहयोग गरेका थिए । 

Loading ad...
LiNing Ad
#दुर्गा र मञ्जु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी  र संकटा भिड्ने

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी र संकटा भिड्ने

रिचर्डको २ गोलसँगै चर्च बोइजको छलाङ

रिचर्डको २ गोलसँगै चर्च बोइजको छलाङ

नेयमारलाई लिएर नयाँ विवाद

नेयमारलाई लिएर नयाँ विवाद