लिड्सलाई हराउँदै युनाईटेड दोस्रो स्थानमा
आइतबार, माघ २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले लिड्स युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा मार्कुस राषफोर्ड र एलेजान्ड्रो गर्नाचोले एक एक गोल गरे ।
खेलको ८० औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेका गर्नाचोले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।
गर्नाचो खेलको ६१ औं मिनेटमा जाडोन सान्चोको स्थानमा मैदान प्रवेश गरेका थिए ।
यस जितसँगै युनाईटेड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
युनाईटेडले २३ खेलमा ४६ अंक जोडेको छ ।
लिड्स १९ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
लिड्सलाई हराउँदै युनाईटेड दोस्रो स्थानमा













