साउथह्याम्पटनका मुख्य प्रशिक्षक बर्खास्त
आइतबार, माघ २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले मुख्य प्रशिक्षक नाथन जोन्सलाई बर्खास्त गरेको छ ।
साउथह्याम्पटनले आइतबार नाथनलाई बर्खास्त गरिएको जनाएको छ ।
साउथह्याम्पटनले तीन महिनामै नाथनलाई बर्खास्त गरेको हो ।
वेल्सका ४९ वर्षीय नाथनले साउथह्याम्पटनसँग साढे ३ वर्षको सम्झौता गरेका थिए ।
साउथह्याम्पटनले मुख्य प्रशिक्षक राल्फ हसेनहटललाई बर्खास्त गर्दै नाथनलाई जिम्मेवारी दिएको थियो ।
तर, तीन महिनामै नाथन बर्खास्तमा परेका हुन् ।
नाथनको नेतृत्वमा साउथह्याम्पटनले १४ खेलमा ९ हार व्यहोरेको छ ।
यस सिजन साउथह्याम्पटन २२ खेलमा १५ अंक जोडेर पुछारमा रहेको छ ।
साउथह्याम्पटनका मुख्य प्रशिक्षक बर्खास्त













