एन्फाले फुटबल एक्स्पो आयोजना गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ ।
एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै फुटबल एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ ।
फुटबल एक्स्पो फागुन ४ र ५ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुनेछ ।
फुटबललाई व्यवसायिक बनाउन व्यवसायिक घरानाहरुलाई जोड्ने प्रयास स्वरूप एक्स्पो आयोजना गर्न लागिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
फुटबल एक्स्पोमा 'ए, 'बी' र 'सी' डिभिजनका क्लबहरुले स्टल राखेर आफुसँग सम्बन्धित फुटबलका जर्सी वा कुनैपनि बस्तुहरु बिक्री गर्न पाउने छन् ।
एक्स्पोमा क्लबहरुले आफुले जितेको ट्रफी प्रदर्शनीमा राख्ने, फुटबलका समर्थकहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने छन् ।
एक्स्पोमा विभिन्न व्यवसायिक घराना, सेलिब्रेटी कलाकारहरुलाई समेट्ने एन्फाले जनाएको छ ।
एक्स्पोमा फुटबलसँग सम्बन्धित विभिन्न अन्तरक्रिया कार्यक्रम राखिनेछ ।
स्पोर्ट्स म्यानेजमेन्ट विषय लिएर पढेकाहरुसँग अनुभव साटासाट गर्न एक्स्पो फलदायी हुने एन्फाले विश्वास लिएको छ।















