भिनिसियसलाई गोल्डेन बल
आइतबार, माघ २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । रियल मड्रिडका भिनिसियस जुनियरले फिफा क्लब विश्वकपको गोल्डेन बल अवार्ड जितेका छन् ।
शनिबार राति रियललाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जुनियरले गोल्डेन बल पाएका हुन् ।
रियलले साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै कीर्तिमानी पाँचौं पटक उपाधि जितेको हो ।
फाइनलमा जुनियरले दुई गोल समेत गरे ।
प्रतियोगिताको २ खेलमा जुनियर ३ गोल र एक असिस्ट गरे ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने फ्लामेन्गोका पेड्रो बने ।
उनले प्रतियोगितामा कुल ४ गोल गरे ।
भिनिसियसलाई गोल्डेन बल












-1763569877271.jpg&w=3840&q=75)
