डर्टमण्डको जित
आइतबार, माघ २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले वेर्डेर ब्रेमेनलाई २-० गोल अन्तरले हराएको हो ।
डर्टमण्डको जितमा जेमी गिटेन्स र जुलियन ब्रान्टले एक एक गोल गरे ।
खेलको ६७ औं मिनेटमा जेमीले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए ।
यस जितसँगै डर्टमण्डले २० खेलमा ४० अंक जोडेको छ ।
डर्टमण्ड तेस्रो स्थानमा रहेको छ ।
ब्रेमेन २७ अंक जोडेर ९ औं स्थानमा रहेको छ ।
डर्टमण्डको जित












-1763569877271.jpg&w=3840&q=75)
