पीएसजी मोनाकोसँग हार्यो
आइतबार, माघ २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीलाई मोनाकोले ३-१ गोल अन्तरले हराएको हो ।
खेलको चौंथो मिनेटमा एलेक्सान्ड्रा गोलोभिनले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए ।
खेलको १८ औं मिनेटमा विसम बेन एड्डरले गोल गर्दै मोनाकोको अग्रता दोब्बर बनाए ।
३९ औं मिनेटमा वारेन इम्रीले गोल गर्दै पीएसजीलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा विसमले व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई ३-१ को जित दिलाए ।
जितसँगै मोनाकोले २३ खेलमा ४७ अंक जोडेको छ ।
मोनाको तेस्रो स्थानमा उक्लिएको छ ।
पीएसजी ५४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
पीएसजी मोनाकोसँग हार्यो












-1763569877271.jpg&w=3840&q=75)
