लेस्टरले टोटेनहमलाई हरायो
शनिबार, माघ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहमलाई हराएको छ ।
शनिबार राति भएको खेलमा लेस्टरले टोटेनहमलाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलमा सुरुआती अग्रता भने टोटेनहमले लिएको थियो ।
खेलको १४ औं मिनेटमा रोड्रिगो बेन्टानकुरले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
तर, २३ औं मिनेटमा नाम्प्लेस मेन्डीले गोल गर्दै लेस्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
२५ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २-१ को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई ४-१ को जित दिलाए ।
जितसँगै लेस्टरले २२ खेलमा २४ अंक जोडेको छ । लेस्टर १३ औं स्थानमा रहेको छ ।
टोटेनहम ३९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
लेस्टरले टोटेनहमलाई हरायो












-1763569877271.jpg&w=3840&q=75)
