बायर्नको सहज जित
शनिबार, माघ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले बोचुमलाई ३-० गोल अन्तरले हराएको हो ।
खेलको ४१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।
जितसँगै बायर्नले २० खेलमा ४३ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा रहेको छ ।
बोचुम १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
बायर्नको सहज जित












-1763569877271.jpg&w=3840&q=75)
