चेल्सी बराबरीमा रोकियो
शनिबार, माघ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा चेल्सी वेस्ट ह्याम युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा एक गोलको सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो ।
खेलको १६ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको २८ औं मिनेटमा इमर्सन पाल्मेरीले गोल गर्दै वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८३ औं मिनेटमा वेस्ट ह्यामका थोमस सोसेकले गोल गरेका थिए । तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन ।

यस बराबरीसँगै चेल्सीले २२ खेलमा ३१ अंक जोडेको छ ।
चेल्सी नवौं स्थानमा रहेको छ ।
वेस्ट ह्याम २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
चेल्सी बराबरीमा रोकियो












-1763569877271.jpg&w=3840&q=75)
