अन्जल फ्रेन्ड्समा अनुबन्धित
शनिबार, माघ २८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्सले अन्जल महर्जनलाई अनुबन्ध गरेको छ ।
फ्रेन्ड्सले शनिबार सामाजिक संजालबाट अन्जललाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि अन्जललाई अनुबन्ध गरेको हो ।
अन्जलले पहिलो पटक 'ए' डिभिजन लिग खेल्न लागेका हुन् ।
यस अघि फ्रेन्ड्सले डिफेन्डर अमित तामाङ,मिडफिल्डर डोना थापा, गोलकिपर विशाल सुनार,फरवार्ड राजेश परियार र मिडफिल्डर रुपेश केसीलाई अनुबन्ध गरेको थियो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
#अन्जल फ्रेन्ड्समा अनुबन्धित












-1763569877271.jpg&w=3840&q=75)
