युवा जनहितलाई उपाधि
कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा भएको इलाइट कप फुटबल प्रतियोगिताको उपाधि युवा जनहित क्लबले जितेको छ ।
इलाइट युथ क्लबको आयोजनामा कैलारी गाउँपालिका ६ को बनकट्टा खेल मैदानमा भएको फाइनलमा सुपर मुन अफ लेक क्लबलाई ३-२ ले हराउदै युवा जनहित च्याम्पियन बनेको हो ।
युवा जनहितलाई उपाधि दिलाउन रोशन विक, निराजन धामी र कुवेर सिंहले एक एक गोल गरे । सुपर मुनका लागि शिशिर मगरले दुई गोल गरे ।
उपाधिसँगै युवा जनहितले नगद ७५ र उपबिजेता भएको सुपर मुनले नगद ३५ हजार पुरस्कार पाएको ईलाईट युवा क्लबका अध्यक्ष देवेन्द्र हमालले बताए ।
यस्तै प्रतियोगिताका विभिन्न विधाहरुमापनि युवा जनहितले नै कब्जा जमाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी युवा जनहितका सुशिल विक भए । उनले नगद ५ हजार प्राप्त गरे ।
यस्तै उत्कृष्ट गोलरक्षक युवाजनहितकै सन्दीप कडायत र सर्वाधिक गोलकर्ता युवा जनहितकै कुवेर सिंह भए । उनीहरुले नगद दुई दुई हजार प्राप्त गरे ।
गत माघ २० गतेदेखि भएको प्रतियोगितामा १६ वटा टिमको सहभागीता रहेको थियो । पहिलो संस्करणको आयोजना पछि प्रतियोगितालाई निरन्तरता दिने क्लबले जनाएको छ । आगामी संस्करणमा नगद पुरस्कार बृद्धिसँगै राष्टिय खेलाडीहरुलाई पनि सहभागी बनाउने क्लबका अध्यक्ष हमालले जानकारी दिए ।












-1763569877271.jpg&w=3840&q=75)
