एन्फा र खेलकुद पत्रकारबीच मैत्रीपूर्ण खेल
मंगलबार, २४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण खेल भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार एन्फा र एनएसजेएफबीच मैत्रीपूर्ण खेल भएको हो ।
मैत्रीपूर्ण खेलमा एन्फा टोलीले एनएसजेएफलाई ५-१ गोल अन्तरले हराएको हो ।
एन्फाका लागि किरण राईले दुई गोल गरे । सुवास न्यौपाने र नविन्द्र महर्जन र विकास नारायण श्रेष्ठले एक एक गोल गरे।
एनएसजेएफका आशिष पुडासैनीले एक गोल फर्काए ।
एन्फा र खेलकुद पत्रकारबीच भाईचारा स्थापना गर्ने उदेश्यले मैत्रीपूर्ण खेल राखिएको हो ।




एन्फा र खेलकुद पत्रकारबीच मैत्रीपूर्ण खेल















