मिडफिल्डर दिवाकर मछिन्द्रमा
मंगलबार, २४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले मिडफिल्डर दिवाकर चौधरीलाई अनुबन्ध गरेको छ ।
मछिन्द्रले मंगलबार मिडफिल्डर दिवाकरलाई अनुबन्ध गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि दिवाकरलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
यस अघि मछिन्द्रले फरवार्ड विजय भुजेल, मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निसेन सुब्बा, फरवार्ड सौरभ लिम्बु र प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको थियो ।
मछिन्द्रले राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड विमल घर्ति मगर, मिडफिल्डर सुजल श्रेष्ठ र मिडफिल्डर अविशेक गुरु उत्सव राईसँगको सम्झौता नवीकरण गरिसकेको छ ।

मिडफिल्डर दिवाकर मछिन्द्रमा















