युएईमा न्यु ब्वाइजलाई उपाधि
मंगलबार, २४ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । युएईमा आयोजना भएको दोस्रो एनएसएसजी विन्टर कप फुटबलको उपाधि न्यु ब्वाइज एफसी दुबईले जितेको छ ।
रस अल खैमा भएको फाइनलमा इमिरेट्स जेवाईसी फुजैरहलाई २-० गोल अन्तरले हराउँदै न्यु ब्वाइज च्याम्पियन बनेको हो ।
न्यु ब्वाइजले लगातार दोस्रो पटक उपाधि जितेको हो । यस्तै युएईमा न्यु ब्वाइजको यो ह्याट्रिक उपाधि हो ।
उपाधिसँगै न्यु ब्वाइजले ५ हजार ५५५ युएई दिराम प्राप्त गरेको छ ।
आप्रवासी नेपालीहरुबीच भाईचारा र आत्मीयता बढाउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
युएईमा न्यु ब्वाइजलाई उपाधि















