पवित्रहाङमा कप : मिक्लाजुङ मोरङको विजयी सुरुआत

इलाम । पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुआत गरेको छ ।
माङसेबुङ—५ मा अवस्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन रहेको प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक टिम माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ मोरङले विजयी सुरुआत गरेको हो ।
मिक्लाजुङ मोरङको जितमा पुर्णिमा राईले निर्णायक गोल गरिन् । उनले खेलको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । राई खेलको वुमन अफ द म्याच समेत घोषित भईन । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित प्रतियोगितामा मंगलबार रोयल स्पोर्टिङ क्लब दमक झापा र एम.एफ.सि. दार्जिलिङ भारतबिच खेल हुनेछ ।
प्रतियोगिताको अखिल नेपाल फुटबल संघको केन्द्रिय सदस्य पेमा लामाले उद्धघाटन गरिन् । खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको बिजेताले २ लाख १६७ र उपविजेताले १ लाख १६७ प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ ।
अघिल्लो संस्करणको तुलनामा आयोजकले पुरस्कार राशीमा समेत बृद्धि गरेका छन्। १२ औ संस्करणको बिजेता बनेको एपिएफसी माङसेबुङले १ लाख ११ हजार १६६ र उपविजेता माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले ६६ हजार १६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।








-1763515978900.webp&w=3840&q=75)




