विंगर चन्दन संकटामा
सोमबार, माघ २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब संकटाले विंगर चन्दन दासलाई अनुबन्ध गरेको छ ।
संकटाले सोमबार सामाजिक संजालबाट विंगर चन्दनलाई अनुबन्ध गरिएको जनाएको छ ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि संकटाले चन्दनलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस अघि संकटाले मनिष डाँगी, दीपक घिसिङ, ललित चौलागाई, अनिश महर्जन र गोलकिपर निशान रानालाई अनुबन्ध गरेको थियो ।
विंगर चन्दन संकटामा








-1763515978900.webp&w=3840&q=75)




