बायर्नको सहज जित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई ४-२ गोल अन्तरले हराएको हो ।
खेलको नवौं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
कोम्यानले १४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न २-० ले अघि रह्यो ।
खेलको १९ औं मिनेटमा थोमस मुलरले गोल गर्दा बायर्न ३-० ले अघि रह्यो ।
खेलको ४४ औं मिनेटमा जाकुब कमिन्स्कीले गोल गर्दै उल्फवर्गलाई ३-१ को स्थितिमा ल्याए ।
५४ औं मिनेटमा जोसुवा किमिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा बायर्न १० खेलाडीमा समेटियो ।
खेलको ७३ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बायर्नलाई ४-१ को अग्रता दिलाए ।
खेलको ८१ औं मिनेटमा उल्फवर्गका माटीयास भानवर्गले गोल गरेपनि बायर्न ४-२ ले विजयी भयो ।
यस जितसँगै बायर्नले १९ खेलमा ४० अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा रहेको छ ।
उल्फवर्ग २९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।








-1763515978900.webp&w=3840&q=75)




