मिलान डर्बीमा इन्टरको जित
सोमबार, माघ २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलको डर्बी भिडन्तमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ ।
आइतबार राति भएको मिलान डर्बीमा इन्टरले १-० गोलको जित निकालेको हो ।
इन्टरको जितमा लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।
खेलको ३४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई जित दिलाएका हुन् ।
यस जितसँगै इन्टरले २१ खेलमा ४३ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानमा रहेको छ ।
मिलान ३८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
मिलान डर्बीमा इन्टरको जित








-1763515978900.webp&w=3840&q=75)




