टोटेनहमले सिटीलाई हरायो
सोमबार, माघ २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ ।
आइतबार राति भएको खेलमा सिटीलाई टोटेनहमले १-० गोल अन्तरले हराएको हो ।
टोटेनहमलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे ।
खेलको खेलको १५ औं मिनेटमा गोल गरेका थिए । जुन गोल टोटेनहमको जितमा प्रयाप्त रह्यो ।
खेलको ७८ औं मिनेटमा क्रिस्टियन रोमेरोले रातो कार्ड पाएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।
यस हारसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दुरू घटाउने मौका गुमाएको छ ।
दोस्रो स्थानमा रहेको सिटीले २१ खेलमा ४५ अंक जोडेको छ ।
यस जितसँगै टोटेनहमले २२ खेलमा ३९ अंक जोडेको छ ।
टोटेनहम पाँचौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै नटिङघम फरेस्टले लिड्सलाई १-० ले हराएको छ ।
टोटेनहमले सिटीलाई हरायो








-1763515978900.webp&w=3840&q=75)




