बार्सिलोनालाई आठ अंकको अग्रता
सोमबार, माघ २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाभी र राफिन्हाले एक एक गोल गरे ।
खेलको ५८ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेलको ७० औं मिनेटमा गाभीले गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
यस जितसँगै बार्सिलोनाले २० खेलमा ५३ अंक जोडेको छ ।
बार्सिलोनाले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।
सेभिया २१ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
बार्सिलोनालाई आठ अंकको अग्रता








-1763515978900.webp&w=3840&q=75)




