नापोलीको सहज जित
आइतबार, माघ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर नापोलीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले स्पेजियालाई ३-० गोल अन्तरले हराएको हो ।
नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे । कभिचा केभाराटकेलियाको नाममा एक गोल रह्यो ।
खेलको ४७ औं मिनेटमा कभिचाले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६८ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई ३-० को जित दिलाए ।
जितसँगै नापोलीले २१ खेलमा ५६ अंक जोडेको छ ।
नापोली शीर्ष स्थानमा रहेको छ ।
स्पेजिया १८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
नापोलीको सहज जित








-1763515978900.webp&w=3840&q=75)




