प्रेम र आरोनले फ्रेन्ड्सबाटै खेल्ने
आइतबार, माघ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । डिफेन्डर प्रेम भण्डारी र मिडफिल्डर आरोन थापाले सहिद स्मारक 'ए' डिभिजन लिग क्लब फ्रेन्ड्ससँगको सम्झौता नवीकरण गरेको छ।
फ्रेन्ड्सले आइतबार डिफेन्डर प्रेम र मिडफिल्डर आरोनले सम्झौता नवीकरण गरेको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि दुबै खेलाडीलाई क्लबमै राखेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
फ्रेन्ड्सले यस अघि असिम भुसालको सम्झौता थप गरिसकेको छ ।
यस्तै डोना थापा, रुपेश अधिकारी, विशाल सुनार र राजेश परियारलाई अनुबन्ध गरेको थियो ।
प्रेम र आरोनले फ्रेन्ड्सबाटै खेल्ने








-1763515978900.webp&w=3840&q=75)




