मिडफिल्डर दीपक संकटामा
आइतबार, माघ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब संकटाले मिडफिल्डर दीपक घिसिङलाई अनुबन्ध गरेको छ ।
संकटाले आइतबार सामाजिक संजालबाट मिडफिल्डर दीपकलाई अनुबन्ध गरिएको जनाएको छ ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि संकटाले दीपकलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस अघि संकटाले मनिष डाँगी, ललित चौलागाई, अनिश महर्जन र गोलकिपर निशान रानालाई अनुबन्ध गरेको थियो ।
मिडफिल्डर दीपक संकटामा








-1763515978900.webp&w=3840&q=75)




