भारत र बंगलादेशको बराबरी
आइतबार, माघ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा भारत र बंगलादेशले बराबरी खेल्दै अंक बाडेका छन् ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा दुबै टोलीले पाएको अवसरमा गोल निकाल्न सकेनन् ।
यस बराबरीसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ ।
भारत शीर्ष स्थानमा रहेको छ ।
बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
भारत र बंगलादेशको बराबरी








-1763515978900.webp&w=3840&q=75)




