काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता फागुन १९ गतेबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबबीच बिहीबार बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति बनेको छ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
लिगको मिति तय एन्फाले बिहीबार 'ए' डिभिजनका १४ क्लबलाई बैठकमा डाकेको थियो ।
गत हप्ता बसेको बैठकले बिहीबार लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भएका थिए ।

यस अघि एन्फाले शीर्ष डिभिजनको लिग पुस २८ गतेबाट गर्ने निर्णय गरेको थियो ।
तर, तयारी खर्च नपाएको भन्दै क्लबहरुले तोकिएको मितिमा लिग खेल्ने अस्विकार गर्दै आएको थियो ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्राईएको छ ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।