काठमाडौं। नेपाल ‘ए’ ले घरेलु टोली आसाम प्रदेश क्रिकेट संघविरुद्धको अभ्यास सिरिज जितेको हो।
गुवाहटीमा सोमबार सम्पन्न पाँचौं तथा अन्तिम खेलमा नेपाल ४४ रनको जित हात पारेको हो। योसँगै नेपालले ५ खेलको सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो।
यसअघि आसामले १५ र १८ तथा नेपालले ९६ र ९ रनको जित निकालेका थिए ।