मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिग गराउन चौधरीको ‘शरण’

बिहिबार, ०७ पौष २०७९हिम बिक्रम केसी
लिग गराउन चौधरीको ‘शरण’
Loading ad...
mustang rice ad

काठमाडौं । घरेलु लिग सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन नसकेपछि अखिल नेपाल फुटबल संघ एन्फाले चौधरी समूहको नेपाल इभेन्ट एण्ड स्पोर्टस म्यानेजमेन्ट कम्पनीलाई फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजनाको अनुमती दिएको छ । यस सिजनको घरेलु लिग सञ्चालनका लागि स्रोत जुटाउन कठिन देखिएपछि आफैले पटक पटक वेवस्ता गर्दै आएको प्रतियोगितासँग एन्फाले ८ वर्षको नयाँ सम्झौता गरेको छ ।

प्रतियोगिताको आयोजना, सम्झौताको ड्राफ्ट र एन्फाको निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले एनएसएलको विरोध गर्दै आएका थिए । अपारदर्शी रुपमा चौधरीलाई प्रतियोगिता आयोजनाको अधिकार दिएको, कार्यसमितिबाट निर्णय नगराएको लगायतका आरोप नेम्वाङले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पामाथि लगाउँदै आएका थिए । 

एनएसएलको दोस्रो संस्करणको आयोजनाको मुखमा ए डिभिजनका क्लबलाई उचाल्नेदेखि प्रतियोगितालाई मोफसलको गोल्डकप सरहको प्रतियोगिताको रुपमा मिडियाबाजी गरेर एनएसएललाई असफल बनाउने क्रियाकलापमा एन्फाको वर्तमान नेतृत्वले अगुवाई गरेको थियो । ए डिभिजनका क्लबसँग छलफल नगरि एनएसएल आयोजना गर्न नदिने भन्दै एन्फा चुनावमा क्लबलाई प्रयोग गरिएको थियो ।

तर आफैले उठाउँदै आएको पारदर्शीताको प्रश्न, कार्य समितिलाई छल्दै, ए डिभिजनका क्लबसँग छलफल नगरि र एनएसएलबारे निर्णय गर्न एन्फा कार्यसमितिले गठन गरेको समितिलाई बाइपास गर्दै एन्फाको वर्तमान नेतृत्वले एनएसएलसँग ८ वर्षको नयाँ सम्झौता गरेको छ ।

अध्यक्षमा निर्वाचित भए लगत्तै पंकज बिक्रम नेम्वाङले एनएसएलसँग एन्फाले गरेको सम्झौता रद्ध गर्ने निर्णय गरेका थिए । उनले सम्झौताको प्रारुप तयार गर्न र नयाँ निर्णय लिन एन्फा कार्यसमितिमार्फत समितिनै गठन गरेका थिए । चुनावपछि एनएसएलको मिति माग्न फुटबल संघको हेडक्वार्टर पुग्ने आयोजक नेपाल इभेन्ट एण्ड स्पोर्टस म्यानेजमेन्ट कम्पनीका अधिकारीलाई एन्फा पदाधिकारीले समय र निर्णय नदिएर मानमर्दन गर्ने कार्यसम्म गर्न भ्याएका थिए । एन्फाको नयाँ नेतृत्व प्रतियोगिताप्रति अनुदार देखिएपछि एनएसएलको आयोजक टिम कार्यक्रम गर्न नसकिने निष्कर्शमा पुगेको थियो । तर मंगलबार एन्फाले एकाएक एनएसएलसँग ८ वर्षको सम्झौता गरेको जानकारी सार्वजनीक गर्यो । सम्झौताको ८ वर्षमा करिब १७ करोड पाउने गरि एन्फाले नयाँ सम्झौता गरेको छ ।

कसरी भयो सम्झौता ?

नेतृत्वमा आएपछि अध्यक्ष नेम्वाङले फुटबलमा आशा जागृत गर्न सकेका छैनन् । राष्ट्रिय टिमकै खेलाडी एकपछि अर्को गर्दै विदेश पलायन भैरहेका छन् । फुटबलको अभिभावक संस्थाले यसमा बेखबर जस्तै छ । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र गणेश थापाको अन्तरविरोधमा खेल्दै एन्फा नेतृत्वमा पुगेका नेम्वाङ फुटबल संघ चलाउन नसक्ने अवस्थामा पुगेका छन् । निकै दबाबका बीच उनले पुस २८ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेका थिए । तर पहिलो किस्ता वापतको तयारी खर्च दिन नसक्दा क्लबहरु लिग खेल्न नसक्ने भन्दै एन्फाको ध्यानाकर्षण गराएका थिए । तयारी खर्च दिन एन्फासँग पैसा छैन ।

तयारी खर्च नपाए लिग नखेल्ने क्लबको अडान, घरेलु लिग सञ्चालन गर्नुपर्ने खेलाडी र फुटबल खेलाडी संघको दबाबका बीच कतार विश्वकपमा रहेका नेम्वाङ नेपाल आएका थिए । पछिल्लो समय फिफा र एएफसीको आर्थिक प्रतिबन्ध भोगिरहेको एन्फासँग आफ्नै नियमिति आय स्रोत पनि छैन । पर्याप्त अध्ययय र सम्भावनानै नहेरि क्लबलाई तयारी खर्च वापत साढे ३२ लाख दिने निर्णय नेम्वाङले गरेका थिए । त्यो निर्णय अहिले नेम्वाङ आफैलाई घाँडो बनेको छ ।

क्लब र खेलाडीको अडानका बीच तयारी खर्च जुटाउन नसक्ने अवस्थामा एन्फा पुगेको थियो । लिगनै गर्न नसकेको असक्षमताको भारी आफुले बोक्नुपर्ने देखिएपछि नेम्वाङले पैसा जुटाउने बाटो एनएसएललाई देखे । कतारबाट नेपाल ओर्लिने बित्तिकै उनले एनएसएलको आयोजकसँग सम्पर्क गरेका थिए । तत्काल पैसा दिने भए एनएसएलको नयाँ सम्झौता गरिदिने उनको प्रस्ताव थियो । स्रोतकै अभावमा भौतारिएर उनी सहयोगको अपिल सहित राखेपसम्म पुगेका थिए । तर एउटै संघे मागे जस्तो ५–७ करोड एन्फालाई राखेपले दिन नि सक्दैन थियो ।

सोही कारण एकमात्र विकल्पको रुपमा रहेको एनएसएललाई ८ वर्षको सम्झौता दिएर नेम्वाङले पहिलो वर्षको साढे १ करोडको चेक बुझेका छन् । त्यही चेकले पुस २८ गतेदेखि लिग गराउने प्रयासमा नेम्वाङ जुटेका छन् । पटक पटक आफैले विरोध गराएर ‘थाङ्ना’मा पुर्याएको र एन्फा परिसरमा पटक पटक मानमर्दन गर्दै अपमानित गरेको चौधरीकै शरणमा नेम्वाङ पुगेका छन् । सम्झौताबाट केही पैसा बटुलेर घरेलु लिग सुरु गर्ने उनको तयारी छ ।

कार्यसमितिका बहुसंख्य सदस्यलाई कतार विश्वकपको टिकट दिएर एनएसएलसँग सम्झौता गर्ने अधिकार नेम्वाङले आफुसँग लिएको एन्फा स्रोत बताउँछ । सोही सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै नेम्वाङ विदेश कार्यक्रमका लागि उडे, महासचिव किरण राईले एनएसएल आयोजकसँग सम्झौताको फोटो खिचाए । सम्झौताको एउटा बुँदा सच्चाउन पर्ने भयो । तर हस्ताक्षर गर्ने अध्यक्ष विदेशमा भएपछि पछि मिलाउने गरि महासचिव किरण राईले चौधरीसँग डेढ करोडको चेक बुझ्ने काम सम्पन्न गरे ।

Loading ad...
LiNing Ad
लिग गराउन चौधरीको ‘शरण’

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !