पहिलो हाफमा ब्राजिल र क्रोएसियाको बराबरी
शुक्रबार, २३ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा अहिले क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा भईरहेको छ ।
एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।
साविक उपविजेता क्रोएसिया ब्राजिललाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।
राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो ।
यता, पाँच पटकको च्याम्पियन ब्राजिल पनि जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।
ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।
पहिलो हाफमा ब्राजिल र क्रोएसियाको बराबरी









-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)



