मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

सिंगल हैन, डबल लिग – अन्जन 

शुक्रबार, २३ मंसिर २०७९खेलपाटी संवाददाता
सिंगल हैन, डबल लिग – अन्जन 
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले चाँडो भन्दा चाँडो लिग सञ्चालन गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् । आसन्न ए डिभिजन लिगलाई लिएर अन्यौलता बढिरहेको समय राष्ट्रिय फुटबल टिमका प्रभावशाली फरवार्ड विष्टले आपसी सहमती कायम गरेर यथास्रिघ लिग सञ्चालन गर्न अपिल गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस २६ गतेबाट यस सिजनको ए डिभिजन लिग सञ्चालन गर्ने घोषणा गरेको छ । तर समयमै एन्फाले तयारी खर्च उपलब्ध नगराउँदा अधिकांश क्लबले लिग खेल्न नसक्ने भन्दै फुटबल संघमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एन्फा र क्लबबीच बढ्दो तनावका कारण आसन्न ए डिभिजन लिग सञ्चालनमा विभिन्न आशंका उत्पन्न भैरहेका छन् । फरवार्ड विष्टले फुटबलको मेरुदण्डको रुपमा रहेका क्लब र एन्फाले आपसी सहमती बनाएर लिग आयोजनामा जुट्न अनुरोध गरेका हुन् । 

तयारी खर्च नपाएपछि लिग खेल्न नसकिने ए डिभिजन क्लबको धारणासँगै पुसको अन्तिम साताबाट सूरु हुने घरेलु लिग अन्यौलमा छ । एन्फाले लिगको तयारी खर्च बापत क्लबलाई साढे ३२ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तयारी वापतको ५० प्रतिशत रकम मंसिर १५ गतेभित्र उपलब्ध गराउने एन्फा र क्लबको सहमती थियो । तर तोकिएको समयमा तयारी खर्च उपलब्ध गराउन एन्फाले कुनै गृहकार्य नगरेपछि क्लबहरुले बिज्ञप्ति निकालेर एन्फाको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय टिमबाट पछिल्लो समय निरन्तर गोल गरिरहेका विष्टले सिंगल नभएर डबल लिग आयोजनामा पनि जोड दिएका छन् । उनले कुनैपनि बाहानामा सिंगल नभएर डबल लिग सञ्चालन गर्न अनुरोध गरेका छन् । 

उनले भनेका छन्, ‘कुनैपनि बाहानामा डबल लिगलाई सिंगल नगर्नुहोला । जो देश फुटबलमा अघि छ, त्यसको एकमात्र कारण बलियो घरेलु संरचना हो र हामीलाई कम्तीमा वर्षमा ८–१० महिला फुटबल हुने वातावरण मिलाईदिनुहोस ।’ 

‘म ग्यारेन्टी दिन्छु, बाहिरिएका खेलाडी नेपाल आउनेछन् । नेपाली फुटबलको स्तर बढ्नेछ । राम्रो विदेशी खेलाडीलाई नेपाली लिगमा आकर्षित गर्न सकिन्छ ।’ उनले थपेका छन् । 

एन्फाले यस पटकको लिग डबल राउण्ड रोबिनमा सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको थियो । सोही कारणमा क्लबको तयारी खर्च समेत बढाएर साढे ३२ लाख पुर्याईएको थियो । तर एन्फाले आफुले निर्णय गरे अनुसारको तयारी खर्च क्लबलाई उपलब्ध गराउन सकेको छैन । 

क्लबको खर्च घटाउन सिंगल राउण्ड रोबिननै भएपनि लिग गर्ने गरि एन्फाले पछिल्लो समय आन्तरिक छलफललाई अघि बढाएको छ । सिंगल राउण्ड रोबिनमा लिग गर्दा क्लबको खर्च घट्ने र क्लबलाई लिग खेल्न मनाउन सजिलो हुने रणनीतिमा एन्फा देखिन्छ । सिंगल राउण्ड रोबिन भएको खण्डमा त्यसको प्रत्यक्ष असर खेलाडीमा पर्नेछ, खेलाडीले क्लबसँग थोरै समयको सम्झौता मात्र प्राप्त गर्नेछन् ।  

क्लबलाई मनाउन सिंगल राउण्ड रोबिनमा लिग खेलाउने विकल्पमा एन्फाले छलफल अघि बढाएको सन्दर्भमा फरवार्ड अन्जनले सामाजिक सञ्जालमार्फत कुनै पनि बाहानामा डबल लिगलाई सिंगल नगर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । 

घरेलु फुटबलको देखिएको अन्यौलताका कारण अधिकांश राष्ट्रिय टिमका खेलाडी विदेश पलायन भएका छन् । देशमै रहेका फुटबल खेलाडी समेत पछिल्लो घटनाक्रमले निराश बनेका छन् । 
यसअघि फुटबल खेलाडी संघले एन्फा नेतृत्वसँग भेट गरि यथासिघ्र लिग फुटबल सुरु गर्न ध्यानाकर्षण गराएको थियो । 
 

Loading ad...
LiNing Ad
#डबल लिग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !