काठमाडौं । आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा स्टिलिर्ङले चितवन टाइगर्सबाट खेल्ने भएका हुन् । चितवनले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै स्टिलिर्ङलाई अनुबन्ध गरेको जनाएको छ ।
ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार चितवनले चितवनलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाईएको छैन् ।
निकै अनुभवी खेलाडी स्टिलिर्ङसंग बंगलादेश प्रिमियर लिग खेलेको अनुभव रहेको छ । इंग्ल्यान्डको काउन्टी मिडलसेक्सबाट खेलिसकेका २८ बर्षिय स्टिलिर्ङ अलराउन्डर समेत हुन् ।
स्टिलिर्ङ अहिले युएईमा जारी टी-१० लिग खेलिरहेका छन् । उनी नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसबाट खेलिरहेका छन् ।
आयरल्याण्डबाट स्टिलिर्ङले १ टेष्ट, १ सय एकदिवसीय र ५२ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।