काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा आजबाट सुरु क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिग सुरु भएको छ ।
लिग अन्तर्गत अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछाने रहेको टिम केरला किङसले पख्तुनसंग प्रतिस्पर्धा गर्दैछ । र, लेग स्पिनर सन्दीप पहिलो खेलको सुरुवाती ११ मा अटाएका छन् ।
सन्दीपको टिम गत वर्षको विजेता समेत हो । सन्दीपको टिम इयान मोर्गनको कप्तानीमा मैदान उत्रिएको हो । यस्तै टिममा क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता खेलाडीहरुको साथ रहेको छ ।

प्रतियोगिताका लागि सन्दीप आइतबार नै त्यसतर्फ गएका थिए ।
सन्दीपलाई केरला किङसले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।
इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए ।
यस्तै सन्दीप मंगलबार मात्र पाकिस्तान सुपर लिगका लागि लाहोरमा अनुबन्धित भएका थिए ।
८ टोलीको सहभागिता रहेको लिग १० ओभरको हुनेछ ।