काठमाडौं । युनाइटेड अरब इमिरेट्समा आज (बुधबार) बाट क्रिकेटकै छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिग सुरु हुँदैछ ।
टी-१० लिगको उद्घाटन खेलमा राजपुत र सिन्धिसबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ८:१५ मा सुरु हुनेछ ।
लिग अन्तर्गत नै आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछाने रहेको टिम केरला किङसले प्रतिस्पर्धा गर्दैछ । सन्दीपको टिम गत वर्षको विजेता समेत हो ।
लेग स्पिनर सन्दीप रहेको केरलाले पाकटुनसंग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल राति १० :३० मा सुरु हुनेछ ।
प्रतियोगिताका लागि आइतबार नै त्यसतर्फ गएका थिए ।
सन्दीप पहिलो खेलमै मैदान उत्रन सक्ने सम्भावना रहेको छ । यस्तै सन्दीपले प्रतियोगितामा उच्च प्रदर्शन गर्ने सम्भावना रहेको छ । किनकी पछिल्लो समय छोटो फर्म्याटको क्रिकेटमा सन्दीप निकै जमिरहेका छन् ।
सन्दीपलाई केरला किङसले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । सन्दीपले इयान मोर्गनको कप्तानीमा खेल्नेछन् । जहा क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता खेलाडीहरुको साथ रहेको छ ।
इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए ।
यस्तै सन्दीप मंगलबार मात्र पाकिस्तान सुपर लिगका लागि लाहोरमा अनुबन्धित भएका थिए ।
८ टोलीको सहभागिता रहेको लिग १० ओभरको हुनेछ ।