काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि पोखरा राइनोजले मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई नियुक्त गरेको छ ।
पोखराले सोमबार मुख्य प्रशिक्षकमा अष्ट्रेलियन प्रशिक्षक डोडलाई नियुक्त गरेको जनाएको छ । पोखराले अफिसियल फेसबुक पेजबाट प्रशिक्षक डोडलाई नियुक्त गरेको जनाएको हो ।

पोखराका प्रशिक्षक नियुक्त भएका डोड अष्ट्रेलियाका लेभल ३ उतीर्ण प्रशिक्षक हुन् ।
यस संस्करणको ईपीएल मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिईसकेको छ ।
राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ ।
यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहने छ ।
गत संस्करणको उपाधि विराटनगरले जितेको थियो ।