• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
भारतको ‘टोले कप’मा नेपालका अन्तराष्ट्रिय स्टार
खेलपाटी संवाददाता
आइतबार, साउन २२, २०७९ खेलपाटी संवाददाता
भारतको ‘टोले कप’मा नेपालका अन्तराष्ट्रिय स्टार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को राजनीति नियुक्ति र बर्खास्तीकै दाउपेचमा अल्झिरहेको समय नेपाली फुटलबका अन्तराष्ट्रिय स्टार खेलाडीहरु भारतको स्थानीय प्रतियोगिता खेल्न बाध्य छन् । स्वतन्त्रता दिवसका अवसरमा भारतका विभिन्न स्थानमा आयोजित स्थानीय प्रतियोगिता खेल्न नेपाली फुटबलका अन्तराष्ट्रिय स्टार खेलाडीहरु भारतको स्थानीय टोलीमा आबद्ध भएका छन् । 

प्रशिक्षकसँगको विवादका कारण पछिल्लो समय घरेलु फुटबलमा खेलाडीहरु असन्तुष्ट छन् । एन्फामा आएको नयाँ नेतृत्वले फुटबलको वातावरण बनाउन नसक्दा खेलाडीहरु विदेशिन थालेका छन् । प्रशिक्षकसँगको विवादले राष्ट्रिय टिम बाहिर रहेका आधा दर्जन बढी अन्तराष्ट्रिय फुटबलर अष्ट्रेलिया उडिसकेका छन् । बाँकी रहेका फुटबलर पनि खेल्ने वातावरण नभएपछि जोखिमपूर्ण मानिने स्थानीय प्रतियोगिता खेल्न भारत पसेका छन् । 

मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ नेपालका अन्तराष्ट्रिय खेलाडी भारतको लोकल प्रतियोगिता खेल्न जानु नराम्रो भएको बताउँछन् । ‘यो धेरैनै नराम्रो हो । देशमै खेल्ने वातावरण नभएपछि रोजगारीका लागि खेल्न गए जस्तो देखिन्छ । यो घरेलु फुटबलकै लागि दुर्भाग्य हो ।’ उनले भने । 

मछिन्द्र क्लबका म्यानेजर समेत रहेका श्रेष्ठले एन्फाले वार्षिक क्यालेन्डरको सुनिश्चितता नगर्दा खेलाडीहरु भारतको स्थानीय क्लबसम्म पुग्नु परेको बताउँछन् । ‘एन्फा क्यालेन्डर अनुसार अहिले क्लबहरुले राम्रो पैसा दिएर खेलाडीलाई अनुबन्धन गर्नुपर्ने समय हो । तर खेल्ने वातावरण नभएपछि खेलाडीहरु के गरुन् ?’ उनले भने, ‘भारतको ‘टोले कप’मा अन्तराष्ट्रिय स्तरका खेलाडी ‘खेप’ खेल्न जानु त नराम्रो हो ।’ 

नेपालले एसिया कप छनोट खेलेर फर्किएपछि अन्तराष्ट्रिय फुटबलरहरुले अष्ट्रेलियालाई नयाँ गन्तव्य बनाएका थिए । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादले राष्ट्रिय टिमबाट बाहिर रहन परेपछि धेरै सिनियर खेलाडीको मन कुँडिएको छ । प्रशिक्षक विवादमा एन्फाले अभिभावकत्व ग्रहण नगरेपछि धेरै सिनियर खेलाडीले फुटबल संघसँग पीडा बोध गरेका छन् । एन्फामा नयाँ नेतृत्व आएपनि प्रशिक्षकको विषयमा प्रस्ट अडान लिन सकेको छैन ।

एन्फामा वार्षिक क्यालेन्डर र कार्यक्रम भन्दा नियुक्ति र मनोनयनको विवादले उग्र रुप लिन थालेपछि निराश बनेको खेलाडी विदेश पलायन हुन थालेका छन् । यसै क्रममा अन्तराष्ट्रिय फुटबलर आशिष लामा, सुमन लामा, सन्तोष तामाङ, नविन लामा, दर्शन गुरुङ, बिमल राना र हेमन्त थापा मगरले अष्ट्रेलियालाई नयाँ गन्तव्य बनाईसकेका छन् ।  

एक खेलाडीका अनुसार प्रशिक्षकसँगको विवादले खेलाडीमा मनोबैज्ञानिक असर परेको छ । ‘राष्ट्रका लागि जिवन समर्पण गरेर खेल्दा अन्तिम समयमा अपमानपूर्वक राष्ट्रिय टिमबाट निकालिनु पर्दाको मनोबैज्ञानिक असर खेलाडीमा देखिन्छ ।’ उनले खेलपाटीसँग भने, ‘आफुपनि पछि गएर फुटबल राजनीतिको खिचातानीको सिकार बन्नुपर्ने हो कि भन्ने डर खेलाडीमा छ । त्यसैले सुनिश्चित भविष्यको खोजीमा खेलाडी विदेश जाने क्रम बढेको हो ।’ 

चैत यता घरेलु फुटबलका अधिकांश कार्यक्रम स्थगित छन् । चुनावका कारण कुनैपनि फुटबलका गतिविधि चैतपछि हुन सकेका छैनन् । एन्फामा नयाँ नेतृत्व आएपनि फुटबल कार्यक्रम र क्यालेन्डरको विषयमा कुनै गृहकार्य र योजना बनाएको देखिदैन । सोही कारण खेलाडीहरु लामो समयदेखि बेरोजगार अवस्थामा छन् । खेलेरै गुजारा गर्नुपर्ने फुटबलर खेल्ने वातावरण नभएपछि भारतको स्थानीय प्रतियोगिता खेल्न सिक्किमदेखि अरुणाञ्चल प्रदेशसम्म पुगेका छन् । 

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को आयोजना खेलाडीलाई आम्दानी गर्ने राम्रो प्रतियोगिता बनेको थियो । तर एन्फा राजनीतिको शिकारमा परेपछि एनएसएल पनि अनिश्चित छ । एन्फाले आफुले पनि खेलाडीलाई ब्यस्त राख्ने कार्यक्रम दिन सकेको छैन । भदौमा आयोजना हुने भनिएको एनएसएलसँगको सम्झौता समेत रद्ध गर्ने तयारीमा एन्फा पुगेको छ । आफैपनि प्रतियोगिता नगर्ने र नीजि तबरले प्रतियोगिता समेत गर्न नदिने एन्फाको व्यवहारको असर फुटबल र खेलाडीमा परेको छ । 

घरेलु फुटबलमा खेल्ने वातावरण नभएपछि लामो समय नेपालबाट अन्तराष्ट्रिय फुटबलमा चम्किएका स्टार खेलाडीको गन्तव्य भारतको स्थानीय क्लब बन्न पुगेको छ । घरेलु फुटबलका स्टार खेलाडी बिमल घर्तिमगर, दिनेश राजवंशी, तेज तामाङ, अमिर श्रेष्ठ, अशोक बराल, आदित्य चौधरी, अभिषेक रिजाल, अन्जन विष्ट, राजेन्द्र रावल सहित बी र सी डिभिजन लिग खेल्ने अधिकांश राम्रा खेलाडी भारतको अरुणाञ्चल प्रदेशमा छन् । 

यस्तै भारतको सिक्किममा अन्तराष्ट्रिय खेलाडी गौतम श्रेष्ठ, बिशाल राई, दीप कार्की, सुनिल वल सहित इशान खड्का, अशोक खवास, बिकाश तामाङ, बिशाल राई, सञ्जोक राई, छिरिङ गुरुङ, रेजिन धिमाल, निशान लिम्बु लगायतका खेलाडी स्थानीय प्रतियोगिता खेलिरहेका छन् । 

भारतको स्थानीय टिमबाट खेलिने स्थानीय प्रतियोगिता खेलाडीका लागि जोखिमपूर्ण रहने एक खेलाडी बताउँछन् । ‘खेल्नु ठुलो कुरा हैन । तर चोट बोकेको अवस्थामा खेलाडीको खेल जिवननै सकिन्छ ।’ उनी भन्छन्, ‘त्यहाँ कुनै स्थायी सम्झौता हुदैन । भोलि चोट ब्यहोरेको अवस्थामा कसले ब्यहोर्ने ?’ 

आर्थिक समस्यालेनै खेलाडीलाई भारतको सिक्किमदेखि अरुणाञ्चल पुर्याएको ती खेलाडी बताउँछन् । ‘राष्ट्रिय टिमबाट खेल्ने खेलाडी भारतको लोकल गेम खेल्दा त्यसको भ्यालु के होला ? खेलाडीको सुरक्षा अर्को गम्भिर प्रश्न हो ।’ ती खेलाडी भन्छन् ।  

नेपालको घरेलु फुटबलमा नियमित प्रतियोगिता नहुँदा धेरै फुटबलर भारत गएर स्थानीय टिमबाट  खेल्दै आएका थिए । तर पछिल्लो पटक अधिकांश अन्तराष्ट्रिय स्तरका फुटबलरले भारतको स्थानीय प्रतियोगितालाई आफ्नो नयाँ गन्तव्य बनाएका छन् । 

अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामा घरेलु फुटबलको संरचना व्यवस्थित नहुदाँ खेलाडी विदेशिनु परेको बताउँछन् । ‘विदेश जानु कसैको रहर होला, कसैको बाध्यता होला । तर मुख्य समस्या भनेको घरेलु फुटबलको संरचना हो ।’ उनी भन्छन्, ‘पर्याप्त खेल्ने वातावरण नभएपछि खेलाडी बाहिर खेल्न जानु स्वभाविक हो । घरेलु फुटबलको व्यवस्थाले दिनुपर्ने कुरा नदिएका कारण यो अवस्था आएको हो ।’ 

उनले घरेलु फुटबलको व्यवस्थित क्यालेन्डर नहुँदा वर्तमान समस्या आएको बताउँछन् । ‘एन्फाको व्यवस्थित क्यालेन्डर नभएको कारण यो अवस्था आएको हो । भदौ वा जेठसम्म खेल भएको भए यो अवस्था कम हुन्थ्यो ।’ उनी भन्छन्, ‘खेलनै छैन । आर्थिक अवस्था र खेल्ने रहरले खेलाडीलाई त्यहाँ पुर्याएको हो ।’ 

उनले भारतको स्थानीय प्रतियोगिताको यात्रा खेलाडीका लागि सुरक्षाको दृष्टिकणले समेत जोखिमपुर्ण रहेको बताउँछन् । ‘त्यहाँ खेल्ने खेलाडीको सुरक्षा छैन । कुनै नियम र आधिकारिक सम्झौता खेलाडीसँग हुदैन । खेलाडी जोखिम लिएर खेल्नुपर्छ ।’ उनी भन्छन्, ‘यस्तो स्थानीय प्रतियोगिता खेल्दा खेलाडीले आफुसँग भएको क्षमतालाई ‘लुज’ गर्छ । भोेलि नेपालमा आएर ठुलो प्रतियोगिता खेल्न सक्दैन । यो खेलाडी, नेपालका क्लब र नेपाली फुटबलकै लागि क्षती पुग्ने विषय हो ।’
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP