शीर्षस्थान गुमाउने जोखिममा रियल

काठमाडौं। जिरोनाविरुद्ध बार्सिलोना पराजित भएपछि ला लिगाको अंक तालिकामा शीर्षस्थान मजबुत बनाउने सुनौलो अवसर रियल मड्रिडलाई थियो।
तर, ओसासुनाको मैदानमा बल नियन्त्रणमा दबदबा देखाए पनि रियल २–१ गोलले पराजित भएको छ।
जाबी अलोन्सोको बिदाइपछि लस ब्लान्कोसको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अल्भारो आर्बेलोआले ला लिगामा पहिलो हार बेहोरेका छन्। यस नतिजासँगै रियल शीर्षस्थान गुमाउने जोखिममा परेको छ।
शनिबार भएको खेलमा घरेलु टोली ओसासुना विजयी भयो। पहिलो हाफमा आन्टे बुदिमिरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। दोस्रो हाफमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए पनि खेलको ९०औं मिनेटमा राउल गार्सियाले निर्णायक गोल गर्दै ओसासुनालाई २–१ को जित दिलाए।
यस हारसँगै लिगमा रियलको लगातार आठ खेलको जित यात्रामा पूर्णविराम लागेको छ। २५ खेलबाट ६० अंक जोडेको रियल अझै शीर्षस्थानमै रहे पनि एक खेल कम खेलेको बार्सिलोना २ अंकले पछाडि छ। आइतबार राति लेभान्टेलाई पराजित गर्न सके बार्सिलोना शीर्षस्थानमा उक्लनेछ।
ओसासुना भने २५ खेलबाट ३३ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ।






-1771592656087.jpeg&w=3840&q=75)





-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)