काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मिडफिल्डर रेनेटो सान्चेजलाई अनुबन्ध गरेको छ ।
पीएसजीले पोर्चुगिज मिडफिल्डरलाई लिलबाट अनुबन्ध गरेको हो ।
२४ वर्षीय मिडफिल्डरले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन् ।
उनी २०१९ मा जर्मन क्लब बायर्न म्युनिखबाट लिल आएका थिए ।
उनले लिलका लागि ९० खेलमा ६ गोल गरेका छन् ।
लिलबाट उनले एक पटक लिग वानको उपाधि जितेका छन् ।
पोर्चुगलका लागि उनले ३२ खेलमा ३ गोल गरेका छन् ।