नुवाकोट। चौथो एनयुएफसी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि दि मालिका माध्यमिक विद्यालय र पन्चमिलन कलादेवी माध्यमिक विद्यालयले जितेका छन्।
नुवाकोट युनाइटेड फुटबल क्लब (एनयुएफसी) को आयोजनामा बट्टारस्थित नुवाकोट फुटबल मैदानमा भएको फाइलनमा छात्रतर्फ बेलकोटगढीस्थित मालिका माध्यमिक विद्यालयले बट्टारको हिमालयन एकेडेमीलाई पेनाल्टीमा २–० ले पराजित गर्यो।
यस्तै, छात्रातर्फ तारेकेश्वरको पन्चमिलन कलादेवी माध्यमिक विद्यालयले बट्टारको जेडी बोर्डिङलाई १–० ले हराउँदै च्याम्पियन बन्यो। प्रतियोगितामा छात्रतर्फ विजेता टोलीले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्यो।
छात्रातर्फ विजेताले १५ हजार र उपविजेताले ७ हजार ५०० रुपैयाँसहित प्राप्त गरेका छन्। यस्तै, उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्त्ता र उदाउँदो खेलाडीले जनही १ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाए।
प्रतियोगितामा नुवाकोट जिल्लाका ३३ विद्यालयका ३६ छात्र टिम र १४ छात्रा टिमसहित कुल ५० टिमले सहभागिता जनाएका थिए।