काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार टोलीलाई बिदाइ गरिएको हो। डबल राउन्ड रोबिनमा हुने प्रतियोगिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुने तय छ।
प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउने छन्। नेपालले २० अगस्टमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ।